नियम २७ग
धितोपत्र बजार बाहिर धितोपत्र कारोबार गर्न सकिने
धितोपत्र सूचिकरण गराएको कुनै संगठित संस्थाले निष्काशन गरेको शेयरको पाँच प्रतिशत भन्दा बढी शेयरको एक लटमा धितोपत्र कारोबार गर्ने भएमा त्यस्तो कारोबार धितोपत्र बजार बाहिर पनि गर्न सकिनेछ । तर त्यस्तो कारोबार गर्दा लिखित रूपमा धितोपत्र बजारको पूर्व स्वीकृति लिई धितोपत्र व्यवसायी मार्फत गर्नु पर्नेछ ।